Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


रवि र बालेनबीचको सहमतिलाई अनौठो मान्नु पर्दैनः उपसभापति गुरूङ

राजनीति सरल ढंगबाट अघि नबढ्ने तर्क

273
Shares

काठमाडाैं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनबीचको मिलन कुनै अनौठो नभएको बताउनुभएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले राजनीतिमा कोको जुट्छन् र कोको फुट्छन् भन्ने कुरा कांग्रेसलाई चासोको विषयको नभएको बताउनुभयो । उहाँले राजनीतिमा फुट्ने र जुट्ने भइरहने भएकाले अनौठो मान्न नहुने बताउनुभएकाे छ। राजनीतिमा सबै खाले चुनौती आउने भन्दै हरेक चुनौतीको सामना गरेर आएको कांग्रेसले यसलाई गम्भीर रुपमा लिन आवश्यक नरहेको बताउनुभयो ।

उपसभापति गुरुङले राजनीति सरल ढंगबाट अघि नबढ्ने बताउनुभएकाे छ।