Logo २६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026


ठमेलको वाल्डो क्यासिनोका अध्यक्ष चिनियाँ च्यान मिन चिङ्ग पक्राउ


2.2k
Shares

काठमाडौं ।
काठमाडौंको ठमेलस्थित वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङ्गलाई प्रहरीले पक्राउ गरेको छ।

क्यासिनोमा डमी खेलाडी प्रयोग गर्ने, आँखामा लेन्स र तासमा चिप्स जडान गरी ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

अलफ्ट होटल परिसरमा सञ्चालित क्यासिनोमा क्यासिनो इभेन्ट’को नाममा जुवा खेलाएर भारतीय समूहले ठगी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। यसअघि सो प्रकरणमा भारतीय नागरिक सुरेश महाजनसहित ६ जना पक्राउ परेका थिए।