Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


बालेन शाह रास्वपामा दोस्रो वरीयतामा


1k
Shares

काठमाडाैं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा काठमाडौं महानगरपालिका मेयर बालेन शाहलाई सभापति रवि लामिछानेको पछि दोस्रो वरीयतामा राख्ने सहमति भएको छ।

आइतबार दुवै नेताबीच ७ बुँदे सम्झौता भएको हो। सम्झौताअनुसार बालेन शाह आगामी निर्वाचनमा रास्वपाको प्रधानमन्त्री उम्मेदवार बन्ने र निर्वाचनपश्चात संसदीय दलको नेता हुनेछन्।

तर पार्टीमा उनी कुन पदमा रहने भन्ने कुरा उल्लेख गरिएको छैन। सहमतिमा युवा अभियन्ता र अनुभवी विज्ञलाई संगठनमा समायोजन गर्ने कुरा मात्र उल्लेख गरिएको छ।