काठमाडौं ।
ट्युनिसियालाई हराउँदै नाइजेरिया अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेको छ । मोरक्कोमा जारी प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा नाइजेरियाले ट्युनिसियालाई ३–२ ले हरायो ।
खेलमा नाइजेरियाका भिक्टर ओजिमेन, विल्फ्रेड एन्डीडी र आडामोला लुकम्यानले एक–एक गोल गरेपछि टोलीले ३–० को अग्रता लियो ।
तर ट्युनिसियाका मोन्तासर ताल्बी र अलि अब्दीले दुई गोल फर्काएपछि अन्त्यतिर खेल निकै रोचक बनेको थियो । यो जितले नाइजेरियालाई दुई खेलबाट ६ अंकको साथ समुहको शिर्ष स्थानमा पु¥याएको छ । ट्युनिसियाको ३ अंक छ भने युगाण्डा र तान्जानियाको एक एक अंक छ ।
गएराति यी दुई टोलीहरुले एक एक गोलको बराबरीमा चित्त बुझाए । गएराति भएका अन्य खेलहरुमा सेनेगल र कंगो तथा बेनिन र बोत्सवानाले पनि एक एक गोलको बराबरी खेलेका छन् । अफ्रिका कप फुटबलमा आज पनि चार खेल हुनेछन् । आज राती गाबोन र मोजाम्बिक तथा इक्वेटोरियल गिनी र सुडान भिड्दा अल्जेरियाले बुर्किना फासोसँग तथा क्यामरुनले आइभोरी कोष्टसँग खेल्नेछ ।





प्रतिक्रिया दिनुहोस्