Logo २६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026


टर्किएबाट शव फिर्ता ल्याइएसँगै लिबियाद्वारा दिवंगत सेना प्रमुखको सम्मान


0
Shares

एजेन्सी ।

गत साता टर्किएमा भएको विमान दुर्घटनामा निधन भएका लिबियाली सेना प्रमुख मोहम्मद अल–हद्दाद र उनका साथीहरूको पार्थिव शरीर स्वदेश फिर्ता लगिएको छ ।

जहाँ उनीहरूलाई राजकीय सम्मानका अन्त्येष्टि गरिएको छ । लिबियाले गत हप्ताको शुरुमा टर्किएमा भएको विमान दुर्घटनामा ज्यान गुमाएका आफ्ना दिवंगत सेना प्रमुख मोहम्मद अल–हद्दाद र उनका सहयोगीहरूको पार्थिव शरीर बुझ्न शनिवार आधिकारिक समारोहको आयोजना गरेको थियो ।

शवहरूलाई त्रिपोली अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको थियो । जहाँ लिबियाको प्रेसिडेन्सियल काउन्सिलका प्रमुख मोहम्मद अल–मेनफी र प्रधानमन्त्री अब्दुल–हामिद दबेइबाह लगायतका वरिष्ठ अधिकारीहरूले प्राप्त गरेका थिए । अल–मेनफीले अल–हद्दादको सेवाको कदर गर्दै उनलाई मरणोपरान्त फिल्ड मार्शल पदमा पदोन्नति गरेका छन् ।

प्रधानमन्त्री दबेइबाहले दुर्घटनाको विस्तृत अनुसन्धान गर्ने प्रतिवद्धता व्यक्त गर्दै लिबियाली अधिकारीहरूले पूर्ण वास्तविकता पत्ता लगाउन टर्किएसँग मिलेर काम गरिरहेको बताएका छन् । सन् २०११ मा पूर्वनेता मुअम्मर गद्दाफीलाई पदच्युत गर्ने विद्रोहपछि लिबिया विभाजित अवस्थामा रहेको छ ।

देश हाल त्रिपोलीमा संयुक्त राष्ट्र संघद्वारा मान्यता प्राप्त राष्ट्रिय एकता सरकार (जीएनयू) र खलिफा हफ्तरको कमाण्डमा रहेको लिबियाली राष्ट्रिय सेना (एलएनए) द्वारा समर्थित पूर्वी प्रशासनका बीच विभाजित छ ।