Logo १२ पुस २०८२, शनिबार | Sat Dec 27 2025


राजनीतिक दल र नवयुवाबीच नयाँ समझदारी गरौँः अध्यक्ष लिङदेन


26
Shares

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले निर्वाचनअघि नै राजा, राजनीतिक दल र नवयुवा पुस्ता लगायत सरोकारवालाहरु सबैले नयाँ समझदारी गर्न आग्रह गर्नुभएको छ ।

झापाको बिर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले अहिलेको व्यवस्थाले देश माथि जान नसक्ने जिकिर गर्नुभयो । उहाँले देश जोगाउने हो भने राजा, राजनीतिक दल र जेन–जी सहितको नयाँ समझदारी गर्नुपर्ने बताउनु भयो ।

अहिलेकै व्यवस्थाबाट हुने निर्वाचनले भविष्यमा झनै ठूलो द्वन्द्व निम्त्याउने बताउनु भयो । उहाँले अहिले देश गम्भीर दुर्घटनाको डिलमा रहेको बताउनु भयो । अध्यक्ष लिङदेनले भन्नुभयो, यही गणतन्त्र, यही धर्मनिरपेक्षता, यही संघीयता, यही संविधान र यही संवैधानिक व्यवस्थाबाट यो देशलाई दुर्घटनामा जानबाट रोक्न सकिन्छ ? यही संविधान र यही व्यवस्थाअन्तर्गत हुने चुनावबाट भविष्यमा यो भन्दा पनि ठूलो द्वन्द्व हुनसक्ने सम्भावनाबाट रोक्न सकिन्छ? नेपाली पन र नेपाली मन जीवित छ भने यो भ्रष्ट व्यवस्थाबाट देश उँभो लाग्दैन ।

देश बचाउने र बनाउने हो भने यो चुनावअघि नै राजा, राजनीतिक दल, नवयुवाहरुको पुस्ता र सबै सरोकारवालाहरुसँगबाट नयाँ समझदारी कायम गरेर कुनै पार्टी, कुनै शक्तिले हार्ने, जित्ने नभइ कसैले नहार्ने र देशले जित्ने नयाँ समझदारी कायम गरौँ । आज देश गम्भीर दुर्घटनाको मुखमा पुगेको छ । भदौ २३ र २४ गतेको घटना हाम्रो आँखाले देखेका छौँ । काँग्रेस र कम्युनिष्टहरुले नाम नै फेरिसके ।

माओवादीले त आफ्नो नाम पनि भन्न नसक्ने भनेर नाम नै फेरिसक्यो । माओवादी भन्यो भने त फेला परिएला भनेर । यिनीहरले देश चलायाैँ भन्थे, हामीले देश चलाइरहेका छौँ भन्थे । ’ अध्यक्ष लिङदेनले नेपाली मन र नेपाली पन जीवित छ भने अहिलेकै प्रणालीबाट देश अघि बढ्न नसक्ने बताउनु भयो ।