Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


प्रतिनिधिसभा निर्वाचनका लागि देशभर २३ हजार ११२ मतदान केन्द्र तोकियो


455
Shares

काठमाडौं ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर मतदानस्थल र मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचन आयोगले शनिबार पुस ९ गते मतदानस्थल तथा केन्द्रको संख्या टुंगो लगाएको हो।

आयोगका अनुसार देशभर कुल १० हजार ९६७ मतदानस्थल तोकिएका छन्। ती मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र रहनेछन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा यस निर्वाचनमा वि.सं.२०७९ को निर्वाचनको तुलनामा मतदानस्थल ७५ ले वृद्धि भएको र मतदान केन्द्रको संख्या ८८५ ले बढेको जानकारी दिइएको छ।

यसैबीच, आयोगले शनिबारै मतदाताको अन्तिम नामावली पनि प्रकाशन गरेको छ। आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकहरूको विवरण अद्यावधिक गरी अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको आयोगले जनाएको छ।