Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


रेखा पोखरेलले जितिन् उत्कृष्ट नवगायिकाको अवार्ड


273
Shares

काठमाडौँ ।

छोटो समयमै नेपाली गीत सङ्गीत क्षेत्रमा सर्वाधिक चर्चा कमाउन सफल गायिका रेखा पोखरेलले काठमाडौँमा सम्पन्न ‘नवौँ राप्ती म्युजिक अवार्ड ‘समारोहबाट उत्कृष्ट नव गायिका विधाबाट अवार्ड हात पार्न सफल भएकी छन् ।

वरिष्ठ हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भवन भृकुटीमण्डपमा सम्पन्न कार्यक्रमबाट गायिका पोखरेलले अवार्ड हात पारेकी हुन्।

उनले ‘माया साह्रै छ’ भन्ने बोलको गीतबाट अवार्ड प्राप्त गरेकी हुन् । नवगायिका विधामा पोखरेल सँग अनु देवान, सङ्गीता चौधरी, दीक्षा रसाइली र निर्मला देवी बस्नेत प्रतिस्पर्धामा थिए । गायिका पोखरेल छोटो समयमै गीत सङ्गीत क्षेत्रमा एक चम्किलो ताराको रूपमा स्थापित भइसकेकी कलाकार हुन् ।

उनले ‘भाग्यमा श्री छ’, ‘देखाउनलाई हैन माया’, ‘माया साह्रै छ’ जस्ता गीत सङ्गीत क्षेत्रमा चर्चामा छन्। गायिका पोखरेल भन्छिन्, ‘अवार्डले अझ जिम्मेवारी थपिएको महसुस गरेकी छु ।’