Logo १२ पुस २०८२, शनिबार | Sat Dec 27 2025


दुग्ध संकलन तथा चिस्यान केन्द्रको स्थापनाले किसानलाई प्रत्यक्ष फाइदा


78
Shares

सिन्धुली । स्थानीय पशुपालन किसानहरुले उत्पादन गरेको दुग्धलाई खपत गर्ने गरी सिन्धुली जिल्लाको कमलामाई नगरपालिका स्थित ढकालगाउँमा दुग्ध संकलन तथा चिस्यान केन्द्रको स्थापनाले किसानहरुलाई प्रत्यक्ष रुपमा फाइदा हुने भएको छ ।

वागमती प्रदेश सरकार अन्तर्गत कृषि तथा पशुपंक्षी मन्त्रालयको र सिड्स नेपाल सिन्धुलीको करिव ३५ लाखको आर्थिक लागतमा कुल १० हजार लिटर क्षमता दुग्ध संकलन तथा चिस्यान केन्द्रको स्थापना र संचालनले कमलामाई नगरपालिका क्षेत्रमा पशुलापन गरी दुग्ध उत्पादन गर्ने किसानको दुग्ध खपतमा समेत टेवा पुग्ने भएको हो ।

नवस्थापना गरिएको दुग्ध सकलन तथा चिस्यान केन्द्रमा कमलामाई नगरपालिकाका विभिन्न स्थानका कुल तीन सय किसानहरुले हरेक दिन साँझ बिहान दुग्ध संकलन गरी आय आर्जन गर्न थालेका छन् ।

दुग्ध संकलन तथा चिस्यान केन्द्रको स्थापना र संचालनले कमलामाई नगरपालिका क्षेत्रमा पशुपालन व्यवसाय फस्टाएर दुग्ध तथा दुग्धजन्य परिकारहरुको उत्पादन समेत बढने देखिएको छ ।

दुग्ध संकलन तथा चिस्यान केन्द्रमा संकलन भएका दुग्धबाट दुग्ध जन्य उत्पादनहरु दही,दुध,हिउ, कुराउने,पनिर आईसक्रिम लगाएतका बस्तुहरु उत्पादन गरी बजारमा बिक्री वितरणमा पुर्याईने लक्ष्य राखिएको छ ।