Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


नेपाल नागरिकता चौथो संशोधन नियमावली स्वीकृत

विभिन्न ९ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने सरकारकाे निर्णय

4.8k
Shares

काठमाडौं । सरकारले हरेक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषदकाे बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं एव सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभएकाे हाे। उहाँका अनुसार बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गरेको छ। उहाँले वैदेशिक रोजगारीको शिलशीलामा इराक गई त्यहाँको भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको बखत रेसिडेन्सी कार्डको सक्कल र फोटोकपीसहित आवेदन पेश गरेको खण्डमा श्रम स्वीकृति दिन स्वीकृति प्रदान गर्ने निर्णय समेत भएको बताउनुभयो । उहाँले जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निदेशिका खारेज गर्ने निर्णय भएको पनि बताउनुभएकाे छ ।

मन्त्री खरेलले विभिन्न ९ वटा स्थानहरुमा इलाका प्रशासन कार्यालयहरु स्थापना गर्ने निर्णय भएको पनि बताउनुभयाे।