Logo ११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025


नेपालमा पहिलो पटक शौन्दर्य सम्बन्धी प्रदर्शनी आयोजना


260
Shares

काठमाडौं । नेपालमा पहिलो पटक शौन्दर्य सम्बन्धी प्रदर्शनी आयोजना गरिएको छ ।

कस्मेटिक, सौन्दर्य र वेलनेससम्बन्धी एक्स्पो ’कस्मेटिका एक्स्पो’ राजधानीको नक्सालमा शुरु भएको हो । हाउस अफ राजकर्णिकारको आयोजनामा नेपालमा पहिलो तथा एक मात्र बृहत ट्रेड शो, कस्मेटिका- २०२५ काठमाडौंको नक्सालस्थित अम्रपाली ब्याङ्क्वेटमा शुक्रबारदेखि शुरु भएको हो । ३ दिनसम्म संचालन हुने भएकाे छ। कस्मेटिका २०२५ ले सौन्दर्य तथा वेलनेस क्षेत्रसँग सम्बन्धित ब्रान्ड, उत्पादक, वितरक, आयातकर्ता, आपूर्तिकर्ता तथा व्यसायीहरूलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्य राखेको हाे ।

बी टु बी र बी टु सी दुवै वर्गलाई लक्षित गरिएको यो एक्स्पोमार्फत कस्मेटिक्स उद्योगका नयाँ उत्पादन, सेवा, प्रविधि र शैली प्रदर्शन गरिएको आयोजकले जनाएको छ। एक्सपोमा कस्मेटिक ब्रान्ड, सौन्दर्य उत्पादक, स्किनकेयर तथा हेयरकेयर कम्पनीहरू, पर्सनल केयर, वेलनेस ब्रान्डहरू, प्याकेजिङ कम्पनीहरू र कस्मेटिक टेक्नोलोजी निकायहरू सहभागी भएका छन् ।

साथै, ब्यूटी स्कूलहरू, प्लास्टिक सर्जरी क्लिनिकहरू, हेयर केयर तथा हेयर इम्प्लान्ट क्लिनिकहरू, डेन्टल केयर तथा कस्मेटिक क्लिनिकहरू पनि एक्स्पोमा सहभागी भएका छन् । त्यसैगरी, आगन्तुकहरूमा उत्पादक, आयातकर्ता, वितरक, खुद्रा विक्रेता, सलुन सञ्चालक, ब्यूटी कन्सल्टेन्ट, छाला रोग विशेषज्ञ, प्लास्टिक सर्जन तथा कस्मेटिक डेन्टिस्टहरू समेत रहेका छन् । कस्मेटिका केवल उत्पादन, सेवाको प्रदर्शनी मात्र नभई सौन्दर्य र वेलनेसको उत्सव समेत भएको आयोजकको दावी छ।

एक्स्पोमा कस्मेटिक्स, सौन्दर्य र वेलनेस क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका महिलाहरूलाई सम्मान गर्नेदेखि ब्रान्ड लन्च, लाइभ मेकअप तथा हेयर स्टाइलिङ डेमो, स्किनकेयर तथा हेयरकेयर सम्बन्धी कार्यशाला र सेमिनारका साथै विज्ञहरूसँग प्रत्यक्ष परामर्शको व्यवस्था समेत गरिएको आयोजकले जनाएकाे छ ।