Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


अपांगता भएका व्यक्तिको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सर्वोच्चमा रिट दायर


156
Shares

काठमाडौं । अपांगता भएका व्यक्तिहरूको संवैधानिक रूपमा सुनिश्चित राजनीतिक प्रतिनिधित्वलाई कमजोर पारिएको भन्दै सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट निवेदन दायर भएको छ।

राष्ट्रिय लोकतान्त्रिक अपांग संघका अध्यक्ष माधवप्रसाद चम्लागाई, संघका पूर्वअध्यक्ष तथा पूर्वसांसद प्रकाश पन्थसहित अपांगता अधिकारकर्मीहरूले वरिष्ठ अधिवक्ता सिताराम केसीको कानूनी सहायतामा शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ। निवेदकहरूले सरकारले हालै अध्यादेशमार्फत प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को अनुसूची–१ संशोधन गर्दा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत अपांगता भएका व्यक्तिहरूको स्पष्ट, बाध्यकारी र अनिवार्य प्रतिनिधित्व सुनिश्चित नगरेको दावी गरेका छन् ।

यो संशोधनले नेपालको संविधानको धारा ८४ (३), अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको धारा २९ तथा अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ११ र १२ को उल्लंघन गरेको उनीहरूको तर्क छ।