Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


पार्टीको विशेष महाधिवेशन गर्नु अनिवार्य सर्त: महामन्त्री थापा

विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्ने पार्टीको जिम्मेवारी भएको तर्क

312
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको विशेष महाधिवेशन गर्नु अनिवार्य रहेको बताउनुभएको छ ।

पार्टी मुख्यालयमा शुक्रबार विशेष महाधिवेशन पक्षधरहरुको माग पत्र बुझेपछि उहाँले पार्टी केन्द्रीय कार्य समितिले अब विशेष महाधिवेशनको माग पूरा गर्न अनिवार्य भएको प्रतिक्रिया दिनुभएको हो । महामन्त्री थापाले गत मंसिर महिनाभित्र पार्टीको १५ औं महाधिवेशन नभएपछि पुस मसान्तसम्म गर्ने भन्ने पार्टीको निर्णय बाध्यकारी व्यवस्था भएको र त्यो हुननसके पछि विशेष महाधिवेशनको माग अनुसार अघि बढ्नु पार्टीको लागि अनिवार्य सर्त भएको बताउनुभयो । उहाँले विशेष महाधिवेशनमा जाने कुरालाई अव पार्टी केन्द्रीय कार्य समितिले नै स्विकार गर्नुपर्ने भएकाले त्यसमा आफूले थप टिप्पणी गर्न आवश्यक नभएको जिकिर समेत गर्नुभएकाे छ।

महामन्त्री थापाले महाधिवेशन यहि पुस समान् भित्र गरिसक्नुपर्ने भएकाले पनि विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्ने पार्टीको जिम्मेवारी भएको तर्क पनि गर्नुभयो।