Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


विप्लवको प्रधानमन्त्री कार्कीलाई प्रश्न: ‘चुनाव गर्न चाहेको कि युद्ध ?’

आगामी निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने घोषणा

819
Shares

काठमाडाैं। नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो पार्टीलाई युद्धमा धकेल्ने प्रयास गरिरहेका भन्दै आपत्ति जनाउनुभएको छ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टीको कपिलवस्तु र अर्घाखाँचीमा रहेको श्रम शिविरहरुमा प्रहरीहरुले अपरेशन गरेर सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा नभई युद्धमा होम्ने चेष्टा गरिरहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो । उहाँले सोही ठाउँमा रहेका प्रहरी तत्काल फिर्ता बोलाउने काम नगरे सरकारविरुद्ध कडा संघर्षमा होमिने चेतावनी समेत दिनुभयो।

सरकारले चुनाव गर्न चाहेको हो कि युद्ध भन्दै प्रधानमन्त्री कार्कीलाई उहाँले प्रश्न गर्नुभएकाे थियाे। उहाँले सोही ठाउँबाट प्रहरी फिर्ता बोलाउने र अपरेशनमा जाने काम गलत थियो भनेर माफी नमागे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने समेत चेतावनी दिनुभएकाे छ।

महासचिव विप्लवले निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने समेत घोषणा गर्नुभयो।