Logo ११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025


६ जिल्लाका सीडीओ र गृहका १३ जना सहसचिवको सरूवा (सूचीसहित)


949
Shares

काठमाडौं । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १३ जना सहसचिवको सरुवा गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुको सरुवा गर्नुभएकाे हाे। मन्त्रालयले केही दिन अघि विभिन्न मन्त्रालयबाट सरुवा भएर गृह मन्त्रालय भित्रिएका ७ जना सहसचिवमध्ये ६ जनालाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ।

सहसचिव शशिकुमार घिमिरेले कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिएको जारी गराउनुभयाे।