Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः परराष्ट्रमन्त्री शर्मा


572
Shares

काठमाडाैं। नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको छवि राम्रो बनाउने गरी आफूले काम गर्ने बताउनुभएको छ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा शुक्रबार पदभार ग्रहण गरेसँगै उहाँले यस्तो बताउनुभएको हो। उहाँले आफू मन्त्रीपरिषदमा आउँदा राम्रो हुन्छ भने आउनुपर्छ भनेर आफू मन्त्री बनेको बताउनुभयो । उहाँले निर्वाचनको सम्बन्धमा छिमेकी देशहरुसँग कुनै सहयोग लिनुपर्ने रहेछ भने सही तरिकाले सहकार्य गर्ने बताउनुभएकाे छ । उहाँले मित्रराष्ट्रहरुसँगको सम्बन्ध सकारात्मक रुपमा अघि बढाउने प्रतिवद्धता जनाउनु भयो ।

मन्त्री शर्माले शुक्रबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियाे।