Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


रवि, बालेन र कुलमानबीच आजै पार्टी एकताका लागि हस्ताक्षर हुँदै

पार्टी एकताकाे घोषणा सभा भने भाेलि हुने

77.2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, जलस्राेत तथा सिंचाइमन्त्री कुलमान घिसिङबिच एकताको लागि हस्ताक्षर हुने भएको छ।

स्रोतका अनुसार परिस्थितिमा कुनै फेरबदल नभएमा शुक्रबार साँझसम्म मेयर साह, सभापति लामिछाने र संरक्षकघिसिङबीच पार्टी एकताको लागि हस्ताक्षर हुने भएकाे हाे। हस्ताक्षर अघि ३ वटै पक्षबाट आ–आफ्‌नो गृहकार्य गरेर सामूहिक भेट्ने तयारी भइरहेको छ । सबै पक्ष एक ठाउँमा आएपछि छलफल गरेर शुक्रबार नै सहमतिमा हस्ताक्षर हुने स्रोतले जनाएकाे हाे। केही फरक नभए शनिबार नै एकता घोषणा सभा गर्ने याेजना रहेकाे छ।

आगामी फागुन २१ गते हुने निर्वाचनको लागि वैकल्पिक शक्तिहरू र जेनजीहरु एकै ठाउँमा बसेर पुराना शक्तिहरूलाई चुनौती दिने याेजना रहेकाे देखिन्छ।