Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


आगामी फागुन २१ गते जसरी पनि निर्वाचन हुनुपर्छः संयाेजक दाहाल


169
Shares

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले तोकिएको मितिमा निर्वाचनमा सम्पन्न गर्नुको विकल्प नरहेको बताउनुभएको छ।

हात्तिवनस्थित निवासमा शुक्रबार पुग्नुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा उहाँले यस्ताे बताउनुभएकाे हाे। आगामी फागुन २१ गते जसरी पनि निर्वाचन सम्पन्न गर्नुपर्ने उहाँ बताउनुभयाे। उहाँले निर्वाचन सम्पन्न गराउनका लागि आफ्नो पार्टीले सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको सञ्चारमन्त्री खरेलले जानकारी दिनुभएकाे छ। साेही अवसरमा दाहालले निर्वाचनका लागि आवश्यक तयारीको कामलाई तीव्रता दिन पनि सरकारलाई संयाजक दाहालले आग्रह गर्नुभएको थियो।

सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन राजनीतिक संवाद समिति नै बनाएर प्रमुख तीन राजनितिक दलका शीर्ष नेताहरुसँगको भेटवार्तालाई निरन्तरता दिएको हो । यसै क्रममा शनिवार प्रधानमन्त्री सुशीला कार्कीले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र संयाेजक दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।