Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


इरानलाई आफ्नो अनुहार ऐनामा हेर्न अमेरिकाको सुझाव


0
Shares

न्यूयोर्क, असोज ८ । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले इरानलाई आफ्नो अनुहार ऐनामा हेर्न सुझाव दिएकी छन् ।

उनले इरानका राष्ट्रपति हसन रुहानीले आफ्ना नागरिकलाई बर्षौंदेखि दबाएर राखेको आरोपसमेत लगाइन् । इरानमा २५ जनाको ज्यान जानेगरी सैन्य परेडमा भएको आक्रमणमा अमेरिकाको साथ पाएका खाडी राष्ट्रको हात रहेको आरोप लागेपछि राजदूत हेलीले आक्रोस व्यक्त गर्दै बिना आधार अमेरिकालाई आरोप लगाउनु सैह्य नहुने प्रतिक्रिया दिइन् ।

यसअघि इरानका सर्वोच्च नेताले अमेरिकाको साथ पाएका खाडी राष्ट्रले आफ्नो मुलुकको सैन्य परेडमा आक्रमण गराएको आरोप लगाएका थिए । अमेरिकाका कठपुतलीहरुले इरानमा असुरक्षाको अवस्था सिर्जना गर्न चाहेको उनको प्रतिक्रिया आएपछि अमेरिका रुष्ट भएको हो । (एजेन्सी)