Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटाएकाे उपाध्यक्ष श्रेष्ठकाे दावी


221
Shares

काठमाडाैं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले बिना धितो ऋण दिने लुघवित्त संस्था बाहेक अरु कुनै नरहेको बताउनुभएको छ।

काठमाडाैंमा शुक्रबार आयोजित वागमती प्रदेश लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। लघुवित्तले बिना धितोमा कर्जा प्रवाह गरेर गरिबी हटाउन महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो । उहाँका अनुसार ३० दशकमा लघुवित्तले मुलुकको गरिबीलाई घटाउन ठूलो भूमिका खेलेको छ।लघुवित्तमार्फत महिलालाई वित्तीय स्रोत दिएर उनीहरुलाई सक्षम बनाएको समेत उहाँले बताउनुभयो ।

उपाध्यक्ष श्रेष्ठले लघुवित्तका कारण वित्तीय पहुँच बढेको बताउँदै राजनीति स्र्वथ पूरा गर्न लघुवित्तलाई बदनाम गरिएको समेत बताउनुभएकाे छ। तर अहिले स्थीति सामान्यकरण भइसकेको उहाँको भनाइ थियाे। हरेक क्षेत्रमा समस्या रहेकाले सम्बोधन गर्ने काम राज्यको भएकाले समाधान गर्दै जाने समेत उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो।

साेही कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले लघुवित्तले वित्तीय पहुँचदेखि वित्तीय समावेशीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभएकाे छ। उहाँका अनुसार महिला सशक्तिकरण, वित्तिय साक्षरता, रोजगारी सिर्जनामा पनि लघुवित्तले योगदान दिइरहेको छ।
ग्रामीण क्षेत्रको अर्थतन्त्र चलायमान बनाउन र ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गराउन लघुवित्तले ठूलो भूमिका खेलेको बताउँदै उहाँले लघुवित्तमा रहेका समस्याहरु हल गर्दै जानुपर्नेमा जोड दिनुभयो।

लघुवित्तलाई परेका समस्यालाई राज्यले गम्भीर रुपमा हेर्नुपर्नेमा अध्यक्ष यादवको जोड छ।