Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


देउवा, ओली र प्रचण्डसँग भेटवार्ता गर्दै सञ्चारमन्त्री खरेल


286
Shares

काठमाडौँ।

सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले आज प्रमुख तीन दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने भएका छन्।

मन्त्री खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग व्यक्तिगत रूपमा भेट्ने कार्यक्रम तय भएको छ।

मन्त्री खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण तयार पार्नका लागि यो भेटवार्ता आयोजना गरेका छन्। उनको सचिवालयका अनुसार, मन्त्री खरेल पहिलो भेट कांग्रेस सभापति देउवासँग गर्नेछन्, त्यसपछि ११ बजे ओलीसँग र अन्तिममा प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ।

यसै क्रममा, जेनजी आन्दोलनका क्रममा क्षति भएका राजनीतिक दलका कार्यालयहरूको अनुगमन पनि सरकारले सुरु गरेको छ। यसका साथै निर्वाचनको तयारी र समन्वयका लागि सरकारले सरोकारवाला पक्षसँग संवादलाई तीव्रता दिएको जनाएको छ।