Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


आगामी निर्वाचनमा उम्मेदवार नबन्ने महामन्त्री शर्माको घोषणा


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएकाे छ।

सानेपामा बिहीबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले आफू उम्मेदवार नबन्ने बारेमा झापाको क्षेत्रीय समितिलाई जानकारी गराइसकेको बताउनुभएकाे हाे। लगातार ३ पटकसम्म उम्मेदवार बनिसकेकाले यो पटक उम्मेदवार बन्दिन भनेर झापाको आफ्नाे क्षेत्रका साथीहरूलाई भनिसकेको उहाँकाे भनाइ छ। गत चुनावमा आफ्नो क्षेत्रमा सीमित भएकाे र अबको चुनावमा देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरुको साथमा पुग्ने समेत उहाँले जानकारी गराउनुभयाे।

महामन्त्री शर्माले अबको चुनावमा अनुहार बदलेर बढी भन्दा बढी युवा र नयाँ अनुहारलाई कांग्रेसले अवसर दिनुपर्नेमा जाेड दिनुभएकाे छ।