Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


सरकारले चुनावी वातावरण बनाए एमालेले बहुमत ल्याउने अध्यक्ष ओलीकाे दावी


273
Shares

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए निर्वाचनमा जान पार्टी तयार रहेको बताउनुभएको छ।

काठमाडौंमा बिहीबार पार्टीको ११ औं महाधिवेशनका स्वयंमसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन होस् भन्ने एमालेको चाहाना रहेको उहाँको भनाइ छ। उहाँले सरकारले वातावरण बनाए निर्वाचनमा बहुमतसहित निर्वाचन जित्ने दावी पनि गर्नुभयो।

अध्यक्ष ओलीले एमाले परिस्थितिअनुसार अगाडि बढ्ने भन्दै निर्वाचनको वातावरण बनाउन सरकारले चासो नदेखाएको टिप्पणी समेत गर्नुभयो ।