Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


नयाँ र वैकल्पिक शक्ति एकजुट भएर अघि बढ्नुपर्नेमा पूर्वप्रधानमन्त्री भट्टराईकाे जाेड


195
Shares

काठमाडाैं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्नेमा जाेड दिनुभएकाे छ।

ज्वागलमा बिहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँगको भेटपछि यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले आफू नयाँ र वैकल्पिक शक्ति एक भएर अघि बढ्न सुझाव दिन आएको बताउनुभयो । उहाँले वैकल्पिक शक्तिहरु एक हुँदा आफ्नो समर्थन रहने समेत बताउनुभएकाे छ।

बिहीबार बिहानैदेखि प्रमुख शाहलाई भेट्न विभिन्न राजनतिक दलका नेताहरु ज्वागल पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेदेखि शिशिर खनाल लगायतका नेताहरुले छलफल गरेका हुन् । शाहसँग अन्तरिम सरकारका मन्त्री एवं उल्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ, नेपाली कांग्रेस नेता डा. सुनिल शर्मा र नेता अमरेशकुमार सिंह लगायतका नेताहरुले पनि मेयर शाहलाई भेटेका छन् ।

नयाँ राजनीतिक शक्तिहरु एक भएर आगामी निर्वाचनमा जानुपर्ने भन्दै उनीहरुको भेट भएको हो।