Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


सिन्धुलीमा बोलेरो पिकअप दुर्घटना, चालकसहित ६ जना घाइते


169
Shares

काठमाडाैं । सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।

गडाम्रेबाट चकमकेतर्फ जाँदै गरेको बा १७ च ३१०३ नम्बरको बोलेरो पिकअप सडकबाट करिब १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

दुर्घटनामा चालक तिनपाटन गाउँपालिका–५ का २७ वर्षीय पुष्प तामाङसहित सोही वडाकी २४ वर्षीया साबित्रा थापा, २८ वर्षीया सविता बुर्जा, २३ वर्षीया पुनम पुलामी, २३ वर्षीय अर्जुन तामाङ र २१ वर्षीय निरज तामाङ घाइते भएका छन्।

प्रहरीका अनुसार चालक पुष्प तामाङको हात र खुट्टामा चोट लागेको छ। साबित्रा थापाको ढाड र दुवै खुट्टामा चोट लागेको छ भने सविता बुर्जाको बाँया खुट्टा चल्न नसक्ने अवस्थामा रहेको छ। त्यस्तै पुनम पुलामीको निधार र बायाँ पाखुरामा तथा अर्जुन तामाङको निधारमा चोट लागेको छ। निरज तामाङको भने बाहिरी चोट नदेखिएको प्रहरीले जनाएको छ।

घाइते सबैको स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी जिल्ला अस्पताल सिन्धुलीमा उपचारका लागि पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।