काठमाडाैं । ललितपुरको प्रहरी बृत्त सातदोबाटो र ट्राफिक प्रहरी परिसर सातदोबाटो पुननिर्माण कार्यसमितिका पदाधिकारीलाई सम्मान गरिएको छ ।
जिल्ला प्रहरी परिसर, ललितपुरले एक कार्यक्रमका बीच उनीहरुलाई उत्कृष्ट कामको प्रशंसा गर्दै सम्मान गरेको हो ।
जेनजी आन्दोलनमा प्रहरी वृत्त सातदोबाटो र ट्राफिक प्रहरी परिसर सातदोबाटो पूर्ण रुपमा क्षति भएका थिए ।
वरिष्ठ हास्यकलाकार किरण केसीको नेतृत्वमा विभिन्न दाताहरुको सहयोगमा यी दुबै प्रहरी कार्यालय पुननिर्माण गरिएको थियो ।
पुननिर्माणपछि नयाँ भवन हस्तान्तरण भएर सेवासमेत सूचारु भइसकेको छ । यस्तो कार्यमा खटिने विभिन्न व्यक्तिहरुको मनोबल उच्च राख्ने र थप प्रेरणा दिने उद्देश्यका साथ उनीहरुलाई सम्मान गरिएको हो ।





प्रतिक्रिया दिनुहोस्