काठमाडौं ।
सीमा विवादका कारण द्धन्द्ध हुँदै आएको थाइल्यान्ड र कम्बोडियाबीचको पछिल्लो लडाईमा लडाकु जेटको प्रयोग हुन थालेको छ ।
पछिल्ला साता एक अर्काविरुद्ध आक्रमण गरिरहेका दुई देशले शक्तिशाली आक्रमणको आरोप लगाइरहेका छन । कम्बोडियाले बुधबार थाई सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर बम खसाल्न लडाकु जेटहरू प्रयोग गरेको बताएको छ । थाई सेनाले त्यसको जवाफमा तैनाथ क्लस्टर बमहरू विशेष गरी सैन्य केन्द्रहरूमा लक्षित गरी खसालेको जनाएको छ ।
थाई सेनाले बटामबाङ प्रान्तको नागरिकको आवासीय क्षेत्रमा चारवटा बम खसाल्न लडाकु जेटहरू प्रयोग गरेको कम्बोडियाको रक्षा मन्त्रालयले एक प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
यसैबीच कम्बोडियन माइन एक्सन एन्ड भिक्टिम असिस्टेन्स अथोरिटीले मङ्गलबार थाइल्यान्डले नागरिक क्षेत्रमा वा नजिकै क्लस्टर हतियार र विषाक्त ग्यास प्रयोग गरेको रिपोर्टमा गम्भीर चिन्ता व्यक्त गरेको छ ।
रोयल थाई आर्मीका प्रवक्ता विन्थाई सुवारीले बुधबार कम्बोडियाले दाबी गरेको क्लस्टर बमहरू सैन्य लक्ष्यहरू विरुद्ध प्रयोग गरिएको बताउँदै यसले नागरिकहरूलाई कुनै हानि नपु¥याउने बताएका छन् ।
विन्थाईले क्लस्टर सम्बन्धी कन्भेन्सनले पक्षहरूलाई त्यस्ता हतियारहरू प्रयोग गर्न, उत्पादन गर्न वा भण्डारण गर्न निषेध गर्दछ, तर थाइल्यान्ड र कम्बोडिया कन्भेन्सनको पक्ष राष्ट्रहरू नभएकाले उनीहरूलाई यो बाध्यकारी नभएको उनीहरुको तर्क छ ।





प्रतिक्रिया दिनुहोस्