काठमाडौं ।
रुसको राजधानी मस्कोको दक्षिणी क्षेत्रमा बुधवार भएको एक विस्फोटमा दुई ट्राफिक प्रहरी अधिकारीसहित तीन जनाको मृत्यु भएको छ ।
रुसी अनुसन्धान समितिले दिएको जानकारी अनुसार डिसेम्बर २३–२४ को मध्यरातमा मस्कोको येलेत्स्काया सडकमा एउटा प्रहरी गाडी नजिकै शंकास्पद व्यक्ति देखिएपछि दुई अधिकारीहरू उनीकहाँ पुगेका थिए ।
सोही क्रममा अचानक विस्फोटक पदार्थ विस्फोट भएको समितिले एक विज्ञप्तिमार्फत जनाएको छ ।
अनुसन्धानकर्ताहरूलाई उद्धृत गर्दै जारी गरिएको विज्ञप्तिमा विस्फोटबाट लागेको चोटका कारण दुई प्रहरी अधिकारी र उनीहरूको नजिकै रहेका अर्का व्यक्तिको मृत्यु भएको उल्लेख छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्