Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै


325
Shares

काठमाडौं।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ। हिजोबाट सुरु भएको बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभएकाे छ ।

हिजोको बैठकमा १५औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग उठेको थियो। बैठकमा सहभागी अधिकांश सदस्यहरूले महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने आवश्यकता औँल्याएको प्रवक्ता महतले बताउनुभयाे ।

बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन र क्रियाशील सदस्यतासम्बन्धी विषयमा ब्रिफिङ गर्नुभएकाे थियाे । उहाँले वडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरी सिधै केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राख्नुभएकाे छ। थापाको उक्त प्रस्तावमाथि नेताहरूले धारणा राख्ने क्रम आजको बैठकमा पनि जारी रहने बताइएको छ।