काठमाडौं । अफ्रिका कप फुटबलमा गएराति आइभोरी कोष्ट, क्यामरुन, बुर्किना फासो र अल्जेरिया विजयी भएका छन् ।
समुह ‘ई’ को खेलमा अल्जेरियाले सुडानलाई ३–० ले हराउँदा बुर्किना फासोले इक्वेटेरियल गिनीमाथि २–१ को जित निकाल्यो ।
यसैगरि समुह ‘एफ’ का खेलहरुमा आइभोरी कोष्टले मोजाम्बिलाई १–० ले पराजित गर्दा क्यामरुनले गाबोनलाई १–० ले नैं पराजित ग¥यो ।
गएरातिका खेलहरुपछि अफ्रिका कप आफ नेशन्स फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सकिएका छन् । सहभागि २४ टोलीलाई ६ समुहमा विभाजन गरि खेलाईएको छ । प्रतियोगितामा दोस्रो चरणका खेलहरु भोलिबाट हुनेछन् ।





प्रतिक्रिया दिनुहोस्