Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


लुम्बिनीको ट्रफी सेलेब्रेसन कन्सर्ट हुने


130
Shares

काठमाडौं ।
नेपाल प्रिमियर लिग उपाधि विजेता लुम्बिनी लायन्सले च्याम्पियन्स ट्रफी सेलेब्रेसन कन्सर्ट गर्ने भएको छ ।

एनपीएल दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी यतिबेला च्याम्पियनसिप ट्रफी सेलेब्रेसन टुरमा छ । लुम्बिनी लायन्सले सेलेब्रेसन टुरको अन्तिम दिन पुस १६ गते कन्सर्ट गर्ने घोषणा गरेको हो ।

सेलेब्रेसन कन्सर्टअन्तर्गत पुस १६ गते बुटवलस्थित बुटवल ईन्टरनेसनल कन्भेन्सन सेन्टमा बृहत कन्र्सट हुनेछ । कन्सर्टका लागि इसेवा बाट टिकट खरिद गर्न सकिनेछ ।

च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर अन्तर्गत लुम्बिनी प्रदेशका प्रत्येक जिल्ला तथा ती जिल्लाका महत्वपूर्ण स्थान, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक धरोहरहरूको भ्रमण गरिँदैछ ।

यसक्रममा भ्रमण तथा आशीर्वाद ग्रहण गर्दै नेपाली क्रिकेटको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने प्रयास भइरहेको लुम्बिनीले बताएको छ ।

सम्पूर्ण जिल्लामा ट्रफी सेलिब्रेसन टुर सम्पन्न भएपछि बुटवलमा चर्चित कलाकार, लुम्बिनी लायन्सका खेलाडी तथा व्यवस्थापन टोली, साथै नेपाली क्रिकेटलाई यो स्थानसम्म ल्याउन अमूल्य योगदान दिएका क्रिकेट लेजेन्डहरूको विशेष उपस्थितिमा भव्य च्याम्पियन्स सेलिब्रेसन कन्सर्ट आयोजना गरिने लुम्बिनीले जनाएको छ । लुम्बिनी लायन्सले एनपीएलको दोस्रो संस्करणको फाईनलमा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो ।