Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


बंगालदेशका निर्वासित नेता रहमान आज ढाका फर्कदै


1.2k
Shares

काठमाडौं ।
राजनीतिक संकट र अस्थिरताको भुमरीमा फसेको बंगलादेशको प्रमुख विपक्षी दलका नेता तारिक रहमान आज निर्वासनबाट स्वदेश फर्किदैछन् ।

झण्डै १७ वर्षको निर्वासनपछि रहमान आज घर फर्कने तयारी गरिरहँदा राजधानी ढाकामा विशाल ¥यालीको तयारी गरिएको छ ।

बंगलादेश नेशनलिष्ट पार्टी (बि.एन.पी) ले फेब्रुअरीमा हुने देशको संसदीय चुनावको लागि पार्टीको भावी प्रधानमन्त्रीको रूपमा रहमानलाई अघि सारेको छ ।

रहमानलाई स्वागत गर्न राजधानी ढाकामा आज ५० लाख समर्थकहरूलाई परिचालन गर्ने लक्ष्य पार्टीले लिएको छ । पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा रहमान अहिले बि.एन.पी.का कार्यवाहक अध्यक्ष रहेका छन् ।

बंगलादेशमा गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहले लामो समयदेखि शासनमा रहेकी शेख हसिनालाई अपदस्थ गरेपछि बि.एन.पी.को लोकप्रियता बढेको छ । सन् १९९१ देखि बंगलादेशको शाषनसत्ता शेख हसिना र खालिदा जियाबिचको प्रतिस्पर्धामा टिकेको छ ।

हाल भारतमा निर्वासनमा रहेकी हसिनाको अवामी लिगलाई फेब्रुअरी १२ को मतदानमा भाग लिनबाट प्रतिबन्ध लगाइएपछि चुनावपछि बि.एन.पी.ले सरकार बनाउने अनुमान गरिएको छ ।