Logo २६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026


त्रिविको ५१ औँ दीक्षान्त समारोह आज


299
Shares

काठमाडौंं ।

त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह बिहीबार हुँदै छ ।

विश्वविद्यालयका रजिस्ट्रार प्राडा केदार रिजालका अनुसार दीक्षान्त समारोहमा एमफिल, स्नातकोत्तर र स्नातक तहमा सर्वोत्कृष्ट विद्यार्थीलाई २७ वटा पदक र पुरस्कार वितरण गरिने छ ।

समारोहमा २०८१ असार १ देखि २०८२ जेठ ३१ गतेसम्ममा अध्ययन पूरा गरेका विद्यार्थी सहभागी हुन पाउने छन् । त्रिविका अनुसार दीक्षान्त समारोहका लागि विभिन्न तहका परीक्षा उत्तीर्ण गरेका ८९ हजार १९१ जना विद्यार्थी योग्य भएका छन् तर यस समारोहमा सहभागी हुनका लागि १६ हजार ३८० जना विद्यार्थीले मात्रै परीक्षा नियन्त्रण कार्यालयमा औपचारिक आवेदन दिएका छन् ।