काठमाडाैं। क्लब चौलानी लिमिटेड र गरिमा क्यापिटल लिमिटेडबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ।
सम्झौता पत्रमा क्लब चौलानी लिमिटेडका तर्फबाट अध्यक्ष राजेन्द्र केसी र गरिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले हस्ताक्षर गरेका हुन् । २०६५ साल वैशाख २५ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापना भएकाे क्लब चौलानी लिमिटेड २०८१ पौष २२ गते पब्लिक लिमिटेडमा रुपान्तरण भई सुदूरपश्चिम प्रदेशकै एक नमूना र पहिलो पाँचतारे होटलको रुपमा आफूलाई स्थापना गर्न लागेको छ ।
क्लब चौलानी लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने रकम आईपीओको रुपमा सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।





प्रतिक्रिया दिनुहोस्