Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


ग्लोबल आईएमई बैंक र डिएआई-उदय परियोजनाबीच सहकार्य


130
Shares

काठमाडाैं। ग्लोबल आईएमई बैंक लिमिटेड र डिएआई-उदय परियोजनाबीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरुलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

साेही समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गर्नुभएको हो । समझदारी पश्चात कोशी प्रदेशमा सञ्चालित विभिन्न साना तथा लघु व्यवसायहरुलाई सहजरुपमा कर्जा प्रवाह हुने र लगानीको अभावले व्यवसाय विस्तार गर्न असमर्थ उद्यम तथा उद्यमीहरुको व्यवसाय विस्तारसँगै रोजगारी वृद्धि हुने विश्वास बैंकले लिएको छ।

साेही सम्झौता अनुसार, डिएआई-उदय परियोजनाले छनाेट गरेका उद्यम तथा व्यवसायहरुले ग्लोबल आइएमई बैंकको कोशी प्रदेशका सम्पूर्ण शाखा कार्यालयबाट सहज रुपमा कर्जा पाउने भएका छन् ।