Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


कांग्रेसभित्र उठ्यो १५ औं महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग


403
Shares

काठमाडाैं। नेपाली कांग्रेसभित्र १५ औं महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग उठेको छ।

पार्टीकाे केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसम्पदान समितिको बैठकमा बोल्ने अधिकाशं सदस्यहरुले महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने माग राखेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभएकाे हाे। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले महामन्त्री गगनकुमार थापाले महाधिवेशन र क्रियाशील सदस्यताबारे ब्रिफिङ गरेको बताउनुभयो। उहाँका अनुसार बैठकमा थापाले वडा र क्षेत्रीयको अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गर्ने प्रश्ताव राख्नुभएको थियो।

महामन्त्री थापाले क्रियाशील सदस्यको काम समयमै नसकिने भएको भन्दै यस्तो प्रश्ताव बैठकमा राखेको प्रवक्ता महतले बताउनुभएकाे छ। बैठकमा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभाको निर्वाचन, प्रतिनिधि सभाको समानुपातिकतर्फको उम्मेदवारको सूचीको कार्य अगाडि बढाउने बारेमा समेत कुरा राखेको बताउनुभयो ।