Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


केसी र भुजेललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


0
Shares

काठमाडौं, असोज ७ । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता टेकबहादुर केसी र उमा भुजेललाई थुनामुक्त गर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमबहादुर श्रेष्ठको संयुक्त इजलासले सर्वोच्च अदालतका मुख्य रजिष्टार राजनप्रसाद भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको हो ।

आदेशमा वस्तुनिष्ठ आधार र कारणबिना नै पक्राउ गरेको देखिएको र अनुसन्धानकाक्रममा थुनामा राख्नुपर्ने औचित्यपूर्ण कारण नभएको उल्लेख छ ।

केसी र भुजेललाई गत वैशाख १ गते काभ्रेको नमोबुद्ध नगरपालिका–६ स्थित एक पसलमा आगजनी गरेको आरोपमा पहिलोपटक भदौ १२ गते पक्राउ गरिएको थियो ।

सर्वोच्च अदालतको थुनामुक्त गर्ने आदेशअनुसार गत भदौ २२ गते थुनामुक्त भएलगतै पुनः पक्राउ परेका थिए । रासस