Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा अध्यक्ष राउतकाे जाेड (भिडियाेसहित)


221
Shares

काठमाडाैं। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आगामी फागुन २१ गते नै प्रतिनिधि सभा सदस्य निर्वाचन हुनुपर्ने बताउनुभएको छ।

पार्टी कार्यालयमा बुधबार सरकारको तर्फबाट पुगेको राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको कदमलाई आफूहरुले सकारात्मक रुपमा लिएको र निर्वाचनमा भाग लिने कुरा शुरुवातदेखि नै गर्दै आएको बताउनुभयो। उहाँले जेनजी आन्दोलनको मर्म अनुसार काम हुनुपर्ने र नयाँ जनादेश आउनुपर्ने बताउनुभएकाे छ। भागेका कैदी र फेला नपरेका हतियारको विषयमा मात्रै नभइ समाजमा रहेको त्रासको सामना गर्नसक्ने परिस्थिति सरकारले निर्माण गर्नुपर्ने समेत उहाँले बताउनुभयो।

अध्यक्ष राउतले निर्वाचन प्रयोजनार्थ सुरक्षाबारे आफूहरुले सरकारसँग चासो राखेको बताउनुभएकाे छ।