Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


सरकारले आज पनि पार्टी कार्यालय अनुगमन गर्दै


169
Shares

काठमाडौं ।

चुनावी माहोल बनाउन सरकारले राजनीतिक दलहरुसँगको संवाद तिव्र पारेको छ ।

सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुगमन गर्दैछ ।

यो समितिले हिजो शिर्ष तीन दल कांग्रेस, एमाले र नेकपाको केन्द्रीय कार्यालय अनुगमन गरेको थियो । समितिले आज बिहान ११ बजे जनमत पार्टीको कार्यालय, दिउँसो १ बजे राप्रपाको कार्यालय र दिउँसो ३ बजे रास्वफाको कार्यालय अनुगमन गर्ने कार्यक्रम छ । त्यसत्रममा ती पार्टीका नेताहरुसँग छलफल पनि हुनेछ ।

सरकारले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेको उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ ।

सो समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण बनाउन दलका नेताहरुसँग भेटघाट तथा छलफल गर्दै आएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन चरणबद्ध राजनीतिक वार्ता र सम्वादलाई तीब्रता दिएर दलहरुकै कार्यालयमा पुगेर वार्ता गरिरहेको बताउनुभयो ।