काठमाडाैं । हुलाक सेवा विभागले समाजसेवी स्वर्गीय ओमप्रकाश गोयलको नाममा रुपैयाँ १० को नयाँ हुलाक टिकट सार्वजनिक गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, उपसभामुख इन्दिरा राना र हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेर गोयलको नाममा हुलाक टिकट सार्वजनिक गर्नुभएको हो ।

गोयलको योगदानलाई सम्मान गर्दै जारी गरिएको यो हुलाक टिकट उनको स्मृतिमा समर्पित गरिएको छ । यो पहलले नेपाली समाजमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ ।






प्रतिक्रिया दिनुहोस्