काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले चिसो बढेसँगै तराईमा हुस्सु-कुहिरो-शीतलहरको अवस्था रहन सक्ने बताएको छ ।
विभागले एक चेतावनी तथा परामर्श सन्देश जारी गर्दै विभागले यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात लगायतका क्षेत्रमा प्रभाव पर्ने देखिएको जनाएको हो ।
शीतलहरबाट गरिब तथा विपन्न वर्गका नागरिकहरू बढी प्रभावित हुने गरेको विगतका तथ्यांकहरूबाट देखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यसैबीच, ६ बुँदे निर्देशन जारी गर्दै प्राधिकरणले न्यानो लत्ताकपडा र न्यानो गराउने उपकरण तथा सामग्रीहरू तयारी अवस्थामा रारखेर आवश्यक परेको खण्डमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी संकटासन्न समुदायका घरपरिवारलाई वितरण गर्ने एवं शीतलहर पूर्वतयारी तथा प्रतिकार्यका लागि सम्बन्धित स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय कार्य गर्न पनि भनेको छ ।
त्यस्तै जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र सोको आधारमा प्राधिकरणबाट जारी हुने सूचना एवं जानकारीअनुसार आवश्यक कदम चाल्न तयारी अवस्थामा रहन प्राधिकरणले सचेत गराएको छ ।





प्रतिक्रिया दिनुहोस्