Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


रूसले युक्रेनमाथि गर्‍यो भीषण हवाई हमला

युक्रेनका विभिन्न शहरमा विद्युत आपूर्ति बन्द

2.4k
Shares

एजेन्सी। रुसले साेमबार राति युक्रेनमा भीषण हवाई हमला गरेको छ।

रुसी सेनाले ६ सय ड्रोन र ३० वटा बढी क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताउनुभएकाे हाे। रुसी आक्रमणबाट एक जना ४ वर्षीय बालकसहित ३ जना मारिएको पनि उहाँले जानकारी दिनुभएकाे छ। रुसी सेनाले प्रहार गरेका ६ सय ड्रोन मध्ये एउटा राजधानी किएभको घरमा खसेको जनाइएको छ।

रुसी आक्रमण अधिकांश उर्जा केन्द्रहरुमा लक्षित रहेका थिए। उर्जा केन्द्रहरुमा प्रहार हुँदा युक्रेनका विभिन्न शहरमा विद्युत आपूर्ति बन्द भएको छ। चिसाेका कारण सर्वसाधारण नागरिकहरु मारमा परेका हुन् ।