काठमाडाैं। होटल चेन होलिडे ईनले सुदूरपश्चिम प्रदेशमा पहिलो पाँचतारे होटल खोल्ने भएको छ।
जसका लागि होलिडे ईन आइएचजी र क्लब चौलानीबीच होटल व्यवस्थापनको सम्झौता भएको हाे। साेही सम्झौतामा होलिडे ईनका तर्फबाट आइएचजी होटल्स एण्ड रिजर्ट्सका दक्षिण एशिया प्रबन्ध निर्देशक सुदीप जैन र क्लब चौलानीका तर्फबाट अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गर्नुभएकाे छ। कार्यक्रममा परियोजनासँग सम्बन्धित आईपीओ निष्कासन तथा बिक्री प्रबन्धनका लागि गरिमा क्यापिटललाई प्रबन्धकका रुपमा नियुक्त समेत गरिएको थियो ।
धनगढीमा निर्माण हुन लागेको होलिडे इन सुदूरपश्चिम प्रदेशकै पहिलो पाँचतारे होटल हुने भएकाे छ । होटलमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ५ प्रिमियम सुइटसहित १ सय १५ वटा आधुनिक अतिथि कक्ष रहने जनाइएको छ । यहाँ १८ हजार ५ सय बर्गफिट क्षेत्रफलमा फैलिएको अत्याधुकि क्यासिनो, ७ सय जनासम्म अट्ने ब्यांक्वेट हल र रुफटफ स्वीमिङ पुल पनि रहने बताइएको छ।
परियोजनाको कूल लगानी २ अर्ब २० करोड रहेको हाे । जसमा ६५ प्रतिशत १ अर्ब ४३ करोड बैंक ऋण र ३५ प्रतिशत अर्थात ७७ करोड प्रवर्द्धकहरुको स्व-पुँजीमाफर्त व्यवस्थापन गरिने जनाइएको छ।





प्रतिक्रिया दिनुहोस्