३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


नेपालको पर्यटन प्रवर्द्धनका लागि भिडियो प्रतिश्पर्धा सुरु


0
Shares

काठमाडौं, असार ६ । गैरआवसीय नेपाल संघ (एनआरएन)ले सामाजिक संजालको माध्यमबाट नेपालको पर्यटनलाई विश्व बजारमा पु¥याउने उद्देश्यकासाथ भिडियो प्रतिश्पर्धा प्रतियोगिता सुरु गरेको छ ।

सहभागीले नेपालको पर्यटनमा आधारित भएर विभिन्न विधामा ३ मिनेटसम्मको भिडियो साउन ३ गतेसम्म संघको वेभ ठेगानामा पठाउनुपर्ने छ ।

सहभागीमध्ये उत्कृष्ट १० भिडियोलाई आगामी साउन १३ र १४ गते लक्जम्वर्गमा हुने ११ औं यूरोपियन क्षेत्रीय बैठकमा देखाइने संघले जनाएको छ ।

प्रतियोगिताका उत्कृष्ट ३ भिडियोलाई भोटिङका आधारमा छनोट गरिने प्रतियोगितका संयोजक संघका सहकोषाध्यक्ष सोम सापकोटाले बताए ।

प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।