Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


आफू सबैतिरको आलोचना खेप्ने अचानो नभएको प्रधानमन्त्री कार्कीकाे टिप्पणी

आफू नेतृत्वकाे सरकारमाथि जेनजी र राजनीतिक दल सबैले प्रहार गरिरहेको गुनासाे

403
Shares

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले आफूहरु सबैतिरको आलोचना खेप्ने अचानो नभएको टिप्पणी गर्नुभएको छ।

सिंहदरबारमा साेमबार सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अन्तरिम सरकारमाथि अहिले जेनजी, राजनीतिक दलहरु सबैले प्रहार गरिरहेको बताउनुभएकाे हाे। विगतमा भएका गल्ती र कमजोरीको आवेगमा गत भदौ २३ र २४ गतेको घटना भएको र त्यसको आवेग आफूहरुले सहीरहेको समेत उहाँले गुनासाे गर्नुभयाे। उहाँले मुलुकको निम्ति अहिले आइरहेका आक्षेपहरु खेप्न आफूहरु तयार रहेको बताउनुभयो। उहाँले राजनीतिक दल देशको लागि सर्वेसर्वा नभइ सबै भन्दा पहिला जनता हुने बताउनुभएकाे छ। राजनीतिक दलहरु जनताको सेवा गर्न बसेको उहाँको भनाइ थियाे। जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरु पनि सच्चिन जरुरी रहेको उहाँले बताउनुभएकाे छ।

प्रधानमन्त्री कार्कीले आफूहरु जेनजीका रगतमा ऐस आराम गर्न नआएको बताउनुभयो । उहाँले विगतमा राजनीतिक दलहरुले मस्ती गरेको तर आफूहरुले केही ऐस आराम नगरेको बताउनुभएकाे छ। सबैलाई निर्वाचनमा आइदिन समेत उहाँले आह्वान गर्नुभयो। सबै राजनीतिक दलहरु एकतावद्ध भएर शान्ति चाहने हो भने कुनै माइकलालले केही गर्न नसक्ने जिकिर गर्नुभएकाे छ।