Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


ओलीले आफूलाई लगाएको गुन तिर्न अदालतमा आएकाे छु: सभापति लामिछाने

'शरीरभरी किला ठोके जस्तो भएकाे छ, विष शरीरमा बाँकी नै छ'

806
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको मुद्दाको पेशी बुझ्न जिल्ला अदालत काठमाडौं पुग्नुभएकाे छ।

अदालतमा साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाइदिएको गुन तिर्न आएको भन्दै व्यंग्यमिश्रित प्रतिक्रिया दिनुभएकाे हाे। ओलीले हालै एक अन्तरवार्तामा आफूले रविलाई धेरै गुन लगाएको तर रविले आफ्नो विरोध मात्रै गरेको गुनासो गर्नुभएकाे थियाे। त्यसमा जवाफ दिंदै रविले साेही प्रतिक्रिया दिनुभएकाे हाे। उहाँले ७ वटा जिल्लामा तारिखका लागि धाउनुपर्ने बताउदै उहाँले शरीरभरी किला ठोके जस्तो भएको बताउनुभएकाे छ।

७ दिनभित्र बाँकी सबै अदालतमा गएर हाजिर गर्नुपर्ने समेत उहाँले जानकारी गराउनुभयाे। साथै तारिख मिलाउनुपर्ने पनि उहाँकाे भनाइ छ। उहाँले भन्नुभयाे,-‘दौडादौड चलिराख्या छ । विष शरीरभरी बाँकी नै छ, त्यसका लागि तयारी गर्दैछु ।’

सभापति लामिछाने केही दिन अघि मात्रै उच्च अदालत तुलसीपुरको आदेशमा नख्खु कारागारबाट रिहा हुनुभएको थियाे।