Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेता पुन

निर्वाचनको वातवारण निर्माणको लागि सरकारले शीर्ष नेतासँग संवाद अगाडि बढाउनुपर्नेमा जाेड

156
Shares

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले घोषित मितिमै निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिवद्धता सह्रानीय रहेको बताउनुभएकाे छ।

सिंहदरबारमा साेमबार सर्वपक्षीय छलफलमा बोल्दै उहाँले निर्वाचन सम्पन्न गर्न राजनीतिक दलहरुले सरकारलाई आवश्यक सहयोग गर्नुपर्नेमा उहाँले जाेड दिनुभएकाे हाे। राज्यलाई निकास र स्थायित्व दिन राजनीतिक दलहरूले सरकारलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले संविधानविपरित सरकारले पर निर्वाचन धकेल्ने प्रयास गरे आफूहरुलाई स्वीकार्य नहुने चेतावनी समेत दिनुभयो । उहाँले घोषित मितिमा निर्वाचन हुन नसके सरकारले निर्णय गर्ने वा पुरानै संसद पुनःस्थापना हुनेप्रति सचेत समेत गराउनुभएकाे छ।

नेता पुनले निर्वाचनको वातवारण निर्माणको लागि सरकारले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग संवाद अगाडि बढाउनुपर्ने समेत बताउनुभयो ।