Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


प्रशासनले दिएन जेनजी समूहलाई आन्दोलनको अनुमति


1.1k
Shares

काठमाडाैं ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले जेनजी समूहलाई विरोध प्रदर्शनको अनुमति नदिने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार विभिन्न जेनजी समूहले आन्दोलनका लागि छुट्टाछुट्टै पत्र बुझाए पनि कसैलाई अनुमति दिइने छैन ।

आइतबार आन्दोलन घोषणा गरेको जेनजी समूहले अनुमति नलिई सडकमा उत्रने चेतावनी दिएको थियो । ‘गरी खान देऊ’ अभियानका अगुवा हरिश भट्टले आन्दोलन शान्तिपूर्ण हुने दाबी गर्दै अनुमति नपाए पनि माइतीघरमा प्रदर्शन गर्ने बताए । जेनजी समूहले सोमबार बिहान ११ बजेदेखि माइतीघरमा विरोध प्रदर्शन गर्ने जनाएको छ ।