काठमाडौं ।
अमेरिकाले भेनेजुएलामाथि दबाब बढाउँदै नाकाबन्दी झनै कडा पारेको छ ।
समुद्रबाट भेनेजुएलाको तेल ओसारेको आशंकामा अमेरिकी सेनाले अन्तर्राष्ट्रिय जलक्षेत्रमा अर्को तेल ट्याङ्करलाई पछ्याइरहेको छ ।
एक अमेरिकी अधिकारीका अनुसार वासिङ्टनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो सरकार विरुद्ध दबाब अभियान तीव्र पारिरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आदेश दिएको नाकाबन्दीको एक भागको रूपमा अमेरिकी तटरक्षकले दुई हप्तामा भेनेजुएलाको तटबाट आफ्नो दोस्रो जहाज कब्जा गरेको एक दिनपछि हिजो फेरी कारबाही गरिएको हो । आलोचकहरूले १०० झन्दा बढी व्यक्तिको ज्यान लिने अमेरिकी आत्रमणहरूको वैधतामाथि प्रश्न उठाइरहेका छन् ।





प्रतिक्रिया दिनुहोस्