Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


नेपाली बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च


1.1k
Shares

काठमाडौं । नेपाली बजारमा साेमबार सुनचाँदीको ह्वात्तै बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य दुई लाख ६१ हजार ७०० रुपैयाँ कायम भएको जनाएको छ ।

अघिल्लाे दिन आइतबार सुनकाे मूल्य दुई लाख ५८ हजार ३ सय थियो । महासंघका अनुसार अघिल्लो दिनको तुलनामा तोलामा ३४ सय रुपैयाँ बढेको हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेकाे छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १३० रुपैयाँ मूल्य बढेको छ । जसअनुसार चाँदी प्रतितोला मूल्य ४ हजार २३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।